Breaking News

विप्लव समूहका चितवन सेक्रेटरीद्धारा पार्टी परित्यागको घोषणा

Banner

चितवन,जेठ १९ –

सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् । सर्वच्च अदालतको आदेश पश्चात रिहा भएका उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । सर्वाेच्चमा शर्माका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै आज फैसला भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले गत २३ गते सुवेदीलाई पक्राउ गरी राज्य विरुद्धको कसुर अपराध अन्तर्गत अनुसन्धान अघि बढाएको थियो । सर्वच्चको आदेश पश्चात चितवन जिल्ला अदालत उपस्थित गराएर रिहा गरिएको चितवनका प्रहरी प्रवक्ता (डिएसपी) एकनारायण कोइरालाले जानकारी दिए । सुवेदीले रिहा भए लगत्तै पत्रकारहरुसंगको कुराकानीमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनि गत कात्तिकदेखि विप्लव समूहको चितवन जिल्ला सक्रेटरीको जिम्मेवारीमा थिए । उनले कसैको दवाव र प्रभावमा परेर नभई आफुले पारिवारिक समस्याका कारण पार्टीमा नरहने निर्णय गरेको बताए । हिजो मात्रै चितवन प्रहरीले विप्लवका केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई रिहा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>