मौसम

देशभर बलदी, दिनभर बर्षा हुने

Banner

चितवन,जेठ १८-

देशभरको मौसम आइतबार सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको छ।

पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै हाल स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ । पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>