Breaking News
नेपालमा कोरोनाबाट छैटौं व्यक्तिको मृत्युः स्वास्थ्य मन्त्रालय
०

काठमाडौं, जेठ १६–
नेपालमा छैटौं व्यक्तिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जेठ १० गते भारतबाट आएका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए । उनको ११ गते मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । उनको हिजो रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा.देवकोटाले बताए । उनले मृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सबैको कोरोना परीक्षण गरिने जानकारी दिए ।
नेपालमा आजसम्ममा एक हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























