Breaking News
संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरीलाई स्थानीयले रोक्न खोजेपछि हवाई फायर
०

रौतहट, जेठ १६-
इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ ।
कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।
दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























