Breaking News

ठोरीमा भारतीयको दादागिरी, नेपालभित्र प्रवेश गरेर कुलो खन्न थालेपछि विवाद (भिडियो)

०
Banner

सुदिप थापा

ठोरी, जेठ १५–

पर्साको ठोरीमा सिमा क्षेत्रबाट १०० मिटर भित्र नेपाल छिरेर भारतीयहरुले दादागिरी मच्चाएका छन् । आज (बिीबार) बर्दी र हतियारसहितका भारतीय प्रहरी, एसएसबी, सयौंको संख्यामा स्थानीय नेपाल छिरेर दादागिरी मच्चाएका हुन् ।

हुलाकी सडक खण्डमा निर्माण भएको ठुटेखोला पुल संचालन गर्न पूर्वतर्फ रहेको खोल्चा पुरेपछि भारतीय पक्षले नेपालीभुमी पसेर दादागीरी मच्चाएका हुन् । पुलको पूर्वीभागबाट ५० मिटर दुरी भित्र ३ वटा कुलो थियो । जसमध्ये २ वटा कुलोको पानी भारतले प्रयोग गर्दै आइरहेको थियो भने एउटा कुलो नेपालले प्रयोग गर्दै आइरहेको थियो ।

पुल बनेपछि बाटो संचालन गर्नका लागि एउटा कुलो पुर्नु परेको थियो । नेपाली पक्षले एउटा कुलो पुरेर एउटा भारततर्फ पानी पठाएको थियो भने एउटा नेपाल पक्षले आफूले प्रयोग गर्नका लागि तयार पारेको थियो । तर भारतीय पक्षले दुई वटै कुलो आफूले प्रयोग गर्न पाउनु पर्ने भन्दै पुरेको कुलो खन्न आएका थिए । दुई वटा कुलोको भौगोलिक अवस्थालाई मध्यनजर गरेर जेठ १० गते जनप्रतिनिधि र सरोकारवाला बैठकले ३ वटा कुलो मध्ये २ कुलोमा कलभर्ट हाल्ने र १ कुलो पुर्ने निर्णय गरी १४ गतेबाट पुल संचालनमा ल्याएको थियो ।

तर सो निर्णयको विरोध गर्दै भारतीयहरु दलबलसहित आएर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गर्दा झडपको स्थिति सृजना भएको थियो । एउटा कुलो नपुरेसम्म पुल संचालन नहुने भएकाले नेपाली पक्षले कुलो पुरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>