Breaking News

रेलमार्ग बनाउन ८ अर्ब ६६ करोड विनियोजन

Banner

काठमाडौं, जेठ १५–

सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पूर्व–पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुँदैछ ।

सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू ९ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार तीन सय ७६ किलोमिटर हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>