नवलपरासी

मकवानपुरमा हावाहुरीले रुख ढल्दा महिला र बालकको मृत्यु

Banner

हेटौँडा, जेठ १३–

आज साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहनुभएको छ ।

मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घाइते भएको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>