Breaking News
पश्चिम नवलपरासीको सुस्तामा प्रहरीले गाडेको शव निकाल्यो, चार जना नियन्त्रणमा

बिकास अधिकारी,
परासी जेठ १३-
पश्चिम नवलपरासीको सुस्ता गाँउपालीका वडा नम्बर ३ रेवामा प्रहरीले गाडेको शव निकालेर अनुसन्धान थालेको छ । हत्या भएको आशंकामा १४ वर्षिया किशोरी धनेश्वरी बिनको शव प्रहरीले हिजो निकाली पोष्टमार्टमका लागी परासी ल्याएको प्रहरी उपरिक्षक अजय केसिले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धानका लागी मृतक बिनका आमा बाबु र दुई दाजुलार्ई नियन्त्रणमा लिएको र थप एक जना दाजुको खोजी भईरहेको प्रहरीले जनाएको छ । उनिसंग मृतक किशोरीको आईतबार झगडा भएको बताईएको छ । उनको टाउकोमा चोट पनि रहेको बताईएको छ ।
किशोरी भुँईमा लडेर बान्ता गर्न थालेपछि परिवारले विष सेवन गरेको आशंकामा साबुपानी खुवाएर अस्पातल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ तर विष सेवन गरेर मृत्यु भएको हो वा होईन भन्ने बारे भने अनुसन्धान जारी छ ।
आईतबार राति कसैलाई थाहा नदिई परिवारले शव नारायणी नदि किनारामा गाडेका थिए । तर स्थानियले भने उनको हत्या भएको आशंका गर्दे छानबिनको माग गरेका छन् । परिवारले प्रहरीलाई खबरै नगरी शव गाडेको र गाँउलेहरुलाई पनि खबर नगरेको बताईएको छ । यस अघि केहि वर्ष पहिले पनि सोहि परिवारकि एक किशोरीले विष सेवन गरि आत्महत्या गरेको स्थानियहरुले बताएका छन् । आमाबाबुले प्रहरी र स्थानियलाई शव गाड्ने बेला जानकारी पनि नगराएको र प्रहरीले सोधपुछ गर्ने क्रममा कहिले नदिमा बगाएको भन्ने त कहिले गाडेको बताउने गरेपछि घटना थप शंकास्पद बनेको हो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । पोष्टमार्टमको रिपोर्टको प्रतिक्षामा छौ, रिपोर्ट आएपछि थप अनुसन्धान अगाडी बढ्छ प्रहरी उपरिक्षक केसिले भन्नुभयो ।
























