Breaking News

आज एकैदिन थपिए ९० जना कोरोना संक्रमित, संक्रमितको संख्या ७७२ पुग्यो

Banner

काठमाडौं, जेठ १३–

नेपालमा आज (मंगलबार) एकैदिन थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या ७७२ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २र२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>