Breaking News

वीरगञ्जमा दुई पत्रकारसहित कोरोनालाई जितेर थप ४३ जना डिस्चार्ज

०
Banner

वीरगञ्ज, जेठ १२–

वीरगञ्जमा दुई पत्रकारसहित थप ४३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना डिस्चार्ज भएका हुन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>