Breaking News
भरतपुर अस्पतालको आइसीयूमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ
०

चितवन, जेठ १२–
भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ वर्षका पुरूषको राति ३ बजे मृत्यु भएको थियो ।
उनको आज (सोमबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।
आइतबार राति १२ बजे बिरामीलाई भरतपुर अस्पताल ल्याइएको थियो ।
अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























