नवलपरासी

इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगतजस्तै मजबुत बनाउन मद्दत गरोसः मुख्यमन्त्री पौडेल

Banner

हेटौंडा,जेठ १२-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

इदुल–फित्र (इद) को अवसरमा आज जारी एक शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ, “मुस्लिम समुदायको महान चाड एवं सद्भाव र भाइचाराको महान् पर्व ईदुल–फित्र (इद) को उपलक्ष्यमा यस प्रदेशमा रहनुभएका तथा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

“नेपाल एकीकरण पूर्वदेखि नै नेपालका विभिन्न जाति समुदयासँग घुलमिल हुँदै र अनेकतामा एकता थप्दै आएको नेपाली मुस्लिम समुदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानको उच्च कदरसहित प्रशंसा गर्दछु”, पौडेलले सन्देश मार्फत भन्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>