नवलपरासी
संक्रमण पुष्टि भएको ३० घण्टा सम्म पनि रामग्रामका दुई संक्रमित क्वारेन्टाईनमै

बिकास अधिकारी,
परासी जेठ १०-
पश्चिम नवलपरासीको रामग्रामका दुई कोरोना संक्रमित संक्रमण पुष्टि भएको झन्डै ३० घण्टा बितिसक्दा समेत क्वारेन्टाईनमै छन् । प्रदेश सरकारले बनाएका कोरोना विशेष अस्पतालका बेड खाली नभएपछि संक्रमितलाई हाल सम्म परासीको आर्दश माविमा रहेको क्वारेन्टाईनमै राखिएको छ । हिजो शुक्रबार बिहान ८ बजेतिर संक्रमण पुष्टि भएको भएपनि हाल सम्म सक्रमितहरु क्वारेन्टाईनमै छन् ।
प्रदेश सरकारले बनाएका कोरोना विशेष अस्पतालमा बेड खाली छैन् हामि आईसोलेसन सेन्टर बनाउदै छौ रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले भन्नुभयो । प्रदेश सरकारले तराईका जिल्लामा २ सय बेड क्षमताका आईसोलेसन सेन्टर बनाउने निर्णय गरेपनि अझै पनि आइसोलेसन सेन्टर निर्माण हुन सकिरहेको छैन् । मेयर गुप्ताले प्रदेश सरकारका समाजिक विकास मन्त्री सुर्दशन बरालको उपस्थितिमा भएको छलफलमा चौपत्तामा र पाल्ही क्याम्पसमा आईसोलेसन सेन्टर बनाउने निर्णय भएको जानकारी दिदै सोहि अनुरुप आफहरुले काम गरिरहेको र आज साझ सम्म रामग्रामका संक्रमितलाई पाल्ही क्याम्पसमा सारिने बताउनुभयो ।
रामग्राम नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मिले बेड पनि खाली नहुने र तत्कालै आईसोलेसन सेन्टर बनाउने कार्य पनि पुरा नभएकाले संक्रमितलाई आर्दश माविकै माथिल्लो तलामा छुट्टै राखिएको बताउनुभयो । हिजो शुक्रबार पश्चिम नवलपरासीका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस्मा सुस्ता ५ का ३५ वर्षिय पुरुषलाई भिम अस्पताल भैरहवा लगिएपनि रामग्राम ३ का ३३ वर्षिय पुरुष र रामग्राम १८ कि १५ वर्षिय बालीका भने हाल सम्म क्वारेन्टाईनमै छन् ।
पाल्ही बहुमुखि क्याम्पसमा आईसोलेसन सेन्टर बनाउनका लागी काम सुरु भएपनि स्थानियले अवरोध गरेको खबर पाएपछि प्रहरी संग सहयोग मागिएकोे प्रमुख प्रशासकिय अधिकृत रेग्मिले बताउनुभयो । पाल्ही क्याम्पसमा पनि आईसोलेसन सेन्टर बनाउदा स्थानियको स्वास्थ्यमा असर पर्ने भन्दै केहिले विरोध गरेको भएपनि पाल्ही क्याम्पस बस्ती भन्दा अलग्गै रहेकाले आइसोलेसन सेन्टरका लागी पाल्ही क्याम्पस उपयुक्त रहेको रेग्मीले बताउनुभयो । अहिले लकडाउनका कारण काम गर्ने कामदार पनि पाईदैन् संक्रमितलाई राखेपछि काम गर्न कसैले मान्दैन्, त्यसैले पहिले सबै कोठाको सरसफाई गरि आवश्यक व्यवस्थापन गरेर मात्रै संक्रमितलाई सार्ने तयारी गरिएको रेग्मीले बताउनुभयो ।
























