चितवन विशेष

केम्सन चितवनले प्रहरीलाई दियो स्वास्थ्य सामग्री

०
Banner

चितवन, जेठ ९–

केमिकल तथा मेडिकल सप्लायर्स एशोशिएसन अफ नेपाल (केम्सन) चितवन शाखाले आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय चितवनलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । केम्सन चितवनका अध्यक्ष अर्जुन रानाभाटको विशेष पहलमा कोभिड–१९ को महामारीका बेलामा प्रहरीलाइ आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।

केम्सन चितवनले ८ सय ५० थान हाते स्यानीटाईजर, ८ सय ५० थान निर्मलीकरण गरि पुनः प्रयोग गर्न सकिने ग्लोव्स र ५० थान फेस शिल्ड सहयोग प्रदान गरेको रानाभाटले बताए । सहयोग प्रदान गरिएका उल्लेखित सामानहरुको मूल्य २ लाख ३ सय रहेको छ । महामारीका बेलामा अग्रपंक्तीमा रहेर खट्ने सुरक्षाकर्मीहरुलाई संस्थाले आवश्यक सहयोग प्रदान गरेका अध्यक्ष रानाभाटले बताए । उनले भने, “ठूलो सहयोग नभएपनि महामारीका बेलामा प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” उनले आगामी दिनमा पनि आवश्यक सहयोग प्रदान गर्दे जाने बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा केम्सनका पदाधिकारी, व्यवसायी गोपाल गौतम, बीसहजार जेसीज भरतपुरका अध्यक्ष रेशम शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>