Breaking News

बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

Banner

काठमाडौं, जेठ ८–

आज (बिहीबार) साँझ बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४५७ पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका नरैनापुर–३ निवासी ३२ वर्षीय पुरुष, खजुरा–३ निवासी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

यस्तै कपिलवस्तु सुद्धोन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>