Breaking News

नवलपरासी पश्चिमका दोस्रो कोरोना संक्रमित मुम्बईबाट आएका थिए

Banner

सहबान अन्सारी

नवलपरासी, जेठ ७–

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज (बुधबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुस्ता गाउँपालिका वडा नं ५ बेलवानी बस्ने २६ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बेलबानी क्वारेन्टिनमा रहेका मध्ये पछिल्लो पटक ५५ जनाको स्वाब संलकन गरी परीक्षणका लागि काठमाडौं पठाईएकोमा एक जनामा कारोना पोजिटिभ देखिएको हो भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । अन्यको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताए ।

संक्रमित पुरुष केही महिना पहिला रोजगारीको सिलसिलामा भारतको मुम्बई गएको र भारतमा लकडाउन खुकुलो भएपछि बैशाख ३० गतेका दिन भारतको बिहारबाट नारायणी नदीको बाटो प्रयोग गरी नेपाल आएका थिए । उनी कान्छो भाईको सहयोगमा नेपाल प्रवेश गरेका स्थानीय धरमेन्द्र जायसवालले बताए । आफ्नै दाईको सम्पर्कमा आएपछि दुबै जनालाई बेलवानीस्थित क्वारेन्टिनमा पठाइएको थियो ।

यसअघि प्रतापपुर गाउँपालिका वडा नं. ५ बैदौलीको ३६ वर्षीय पुरुषमा बैशाख ३१ गतेका दिन पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>