चितवन विशेष

भरतपुर अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना देखिएन

०
Banner

चितवन, जेठ ६–

उपचारको क्रममा चितवनको भरतपुर अस्पतालको सघन कक्ष (आइसियू) कक्षमा निधन भएका ६८ वर्षका वृद्धमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोरोना परीक्षण प्रयोगशालामा आज (मंगलबार) गरिएको परीक्षणमा ती वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । वीरगञ्जबाट रिफर भएर भरतपुर आएपछि उनमा कोरोना आशंका गरिएको थियो ।

सोमबार राती आईपुगेका रौतहट परोहा नगरपालिका–८का ती वृद्धको आज विहान मृत्यु भएको थियो । ती वृद्ध टिवीको बिरामी र छातीमा समेत समस्या देखिएको अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>