मध्य नेपाल

नवलपरासी र मकवानपुरमा एक/एक जना थपिए नयाँ कोरोना संक्रमित

Banner

नवलपरासी, जेठ ६–

नवलपरासी र मकवानपुरमा थप एक/एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार नवलपरासी र मकवानपुरमा थप एक/एक जना थपिएको जानकारी दिए । उनले यस बारे थप विवरण उल्लेख गरेका छैनन् । योसंगै पूर्वी र पश्चिम नवलपरासीमा गरी संक्रमितको संख्या ३ पुगेको छ ।

यस्तै मकवापनपुरमा संक्रमितको संख्या दुई पुगेको छ । यसअघि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिको बसोबास भने काठमाडौंमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>