समाचार
भूमिमन्त्री भन्छिन – लिम्पियाधुरासहितको नयाँ नक्सा आउछ धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनु
०

काठमाडौँ, जेठ ६-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आज उहाँले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन अनुरोध गर्नुभएको हो । सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























