Breaking News
‘नयाँ नक्सा तमासा गर्नलाई ल्याईएको होइन, भूभाग फिर्ता लिएरै छोड्छौं’: प्रधानमन्त्री ओली
०

काठमाडौं, जेठ ६–
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा सार्वजनिक गरिएसंगै अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने दावी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाली भूमि फिर्ता गरेरै छोड्ने दावी गरे ।
उनले भने–‘‘नयाँ नक्सा तमासा गर्नलाई ल्याईएको होइन, भूभाग फिर्ता लिएरै छोड्छौं ।’ उनले थपे–‘लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो, यो मुद्धा ओझेलमा पर्दैन, टुंगो लगाएरै छोड्छौं ।’ प्रधानमन्त्री ओलीले कुटनीतिक तवरबाट नेपाली भूमि फिर्ता ल्याईने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















