Breaking News
चीनबाट सेनाले ल्यायो १९ टन अत्यावश्यक स्वास्थ्य सामग्री
०

काठमाडौँ, जेठ ६-
कोरोना भाइरस विरुद्धको अभियानका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले चीनबाट ल्याएको छ ।
नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ ।
जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत मंगलबार बिहान सामान ल्याएको हो ।
त्यस अन्तर्गत पहिलो विमानमा मंगलबार १८ हजार ८४३ किलो सामान ल्याइएको हो । ग्लोब्स, मास्क, फेस मास्क, गाउनसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) र अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको हो ।
यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























