Breaking News

भारतमा एक लाख नाघ्यो कोरोना संक्रमित

Banner

काठमाडौं, जेठ ६–

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक लाख नाघेको छ । ११ औं स्थानमा रहेको भारतमा कुल संक्रमितको संख्या एक लाख ३२८ पुगेको छ ।

यस्तै भारतमा मृत्यु हुनेको संख्या तीन हजार १५६ पुगेको छ । भारतमा ३९ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने ५७ हजार ९३९ जना अझै अस्पतालमा उपचाररत छन् ।

भारतमा हिजो (सोमबार) एकै दिन संक्रमितको संख्या ४ हजार ६३० जना पुगेको थियो । यस्तै एकैदिन १३१ जनाले कोरोनाबाट ज्यान गुमाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सुरुवाती चरणमा केहीमा मात्रै देखिएको कोरोना पछिल्लो समय भारतमा तीव्र रुपमा फेलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>