नवलपरासी

मदिरा पसलमा चोरी गर्ने भारतीय युवा पक्राउ

Banner

सहबान अन्सारी

नवलपरासी, जेठ ५–

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर (झुलनिपुर भन्सार चोक) मा मदिरा पसलमा चोरी गर्ने एक जना भारतीय युवा पक्राउ परेका छन्।
पसलमा चोरी गर्ने युवालाई स्थानीय व्यापारीहरुले बिहान तीन बजे पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा जिल्ला महाराजगन्जस्थित झुलनिपुर (भारत) गाउँका अन्दाजी १८ वर्षीय मेहताब अन्सारी रहेका छन् ।

लकडाउनको समयमा सिमा सुरक्षाको लागी नाकामा सशस्त्र प्रहरीको निगरानी बढाईएको हुँदा नेपालबाट भारततर्फ बगेको पश्चिमी गण्डक नहरमा करिब २ महिनादेखि पानी बन्द रहेको हुदाँ नहरको बाटो प्रयोग गरी नेपाल प्रवेश गरेको हुन सक्ने स्थानीय व्यापारी प्रल्हाद कोइरीले बताए ।

गएराती बिजय मदिरा पसल, सोनी सहानी मदिरा पसल र यादव कोल्ड ड्रिङ्स गरी तीन मदिरा पसलबाट ताल्चा तोडफोड गरी चोरी गरिएको थियो ।

पक्राउ परेका अन्सारीलाई स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरी चौकी गुठी परसौनी बुझाइपछि उनलाई बेलाटारीको क्वारेन्टाइन पठाइएको छ । त्यहीबाट उनको कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>