Breaking News
रौतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, जेठ ४–
आज (आइतबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २९१ पुगेको छ ।
संक्रमित सबै रौतहटका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका परहदवा–९ निवासी १८ देखि ४८ वर्षसम्मका सात जना पुरुष र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३० र ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि शनिबार १४ जना नयाँ संक्रमण फेला परेको थियो भने एक जनाको मृत्यु भएको थियो । कोरोनाबाट भएको मृत्यु नेपालको पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
























