नवलपरासी

नवलपरासीमा कोरोना त्रासः मुख्यमन्त्री पोखरेलले गरे छलफल

Banner

नवलपरासी, जेठ ३–

मुख्यमन्त्री शंकर पोखरेलले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा कोरानासम्बन्धी पछिल्लो अवस्थाबारे सरोकार पक्षसँग जानकारी लिनुभएको छ ।

सुनवलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई जिल्लामा पछिल्लो समय कोरोनाको संक्रमणका एक बिरामी देखिएपछिको अवस्थासहित हालसम्मका गतिविधिबारे अवगत गराइएको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र स्थानीय तहका प्रमुखले जिल्लामा हालसम्म कोरोना संक्रमण नियन्त्रणका लागि भएका प्रयास र आगामी योजनाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी सहभागी हुनुहुन्थ्यो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>