मकवानपुर

‘मदन भण्डारी गुमाएको घटनाले आलो घाउ झैँ चस्काइरहन्छ’

Banner

हेटौँडा, जेठ ३–

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको कम्युनिष्ट आन्दोलनको भविष्य कोर्ने राष्ट्रवादी व्यक्तित्व गुमाएको घटना २७ वर्ष पुरानो भए पनि उक्त घटनाले हरेक नेपालीलाई आलो घाउ झैँ चस्किाइरहने बताउनुभएको छ ।

चर्चित कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको २७औँ स्मृति दिवसका अवसरमा आज जननेता भण्डारीको शालिकमा माल्यार्पण गर्दै उहाँले जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नवीन सिद्धान्त जनताको बहुदलीय जनवादमार्फत स्थापित गराउन सफल हुनुभएको बताउनुभयो ।

हेटौँडाको शहीद स्मारक उद्यानमा अवस्थित भण्डारीको शालिकमा माल्यार्पण गर्न पुग्नुभएका मुख्यमन्त्री पौडेलले नेकपाले भण्डै दुई तिहाइको मत प्राप्त गर्नुमा मदन भण्डारीको विचार र कुशल सङ्गठक जीवराज आश्रितले तयार पार्नुभएको आधारको भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले स्व भण्डारी र आश्रित कम्युनिष्ट कार्यकर्ताका लागि आदर्श नेताका रुपमा रहेका भन्दै उहाँहरुको आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेता भण्डारीको विचारको कदर गर्नसके नेपालको कम्युनिष्ट आन्दोलनले मूर्तता पाउने धारणा राख्नुभयो । कोरोना भाइरसका कारण जारी ‘लकडाउन’ले १० जना मात्र सहभागी कार्यक्रममा स्वर्गीय नेताको शालिकमा माल्यार्पण, मौन धारणा तथा व्यक्तित्वमाथि प्रकाश पार्ने काम भएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>