Breaking News

स्वास्थ्य मन्त्रालयले भन्योः ‘सुत्केरी महिलाको मृत्यु बारे अध्ययन गरिरहेका छौं’

Banner

काठमाडौं, जेठ ३–

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण बारे अध्ययन सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनाकै कारण मृत्यु भएको हो या होइन बारे अध्ययन सुरु गरिएको बताए ।

नियमित प्रेस ब्रिफिङ डा.देवकोटाले भने–‘अस्पतालमा उपचारको क्रममा २९ वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको छ, थप अध्ययन सुरु गरेका छौं ।’

२९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>