Breaking News

काठमाडौंसहित चार जिल्लामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

०
Banner

काठमाडौं जेठ २–

काठमाडौंसहित चार जिल्लामा आज (शुक्रबार) साँझ थप नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २६७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार वीरगञ्जमा चार जना, उदयपुरमा एक जना, दाङमा तीन जना र काठमाडौंमा एक जना गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित हुनेमा पर्साको वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय पुरुष छन् । यस्तै उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार दाङको गढवा गाउँपालिका वडा नं.४, ५ र तुलसीपुर–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी संघीय राजधानी काठमाडौंमा फेरि एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससंगै आज (शुक्रबार) मात्रै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान पनि बाँकेका ८ र मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>