स्वास्थ्य
तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने सरकारको घोषणा
०

काठमाडौं, जेठ २–
सरकारले केन्द्रीय र प्रादेशिक गरी दुई प्रकारका सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने बताएकी हुन् ।
प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पतालाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।
यस्तै, सरकारले पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारयणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालहरुबाट उपलब्ध सेवाहरुलाई थप विस्तार गरेर केन्द्रीय अस्पतालालई ५ सय शय्याको अस्पतालमा विस्तार गर्ने योजना अघि सारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























