Breaking News

नवलपरासीमा कोरोना त्रासः जेठ ५ गतेसम्म वित्तिय संस्थादेखि सबै निर्माण काम बन्द

Banner

सहबान अन्सारी

नवलपरासी, जेठ १–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै पश्चिम नवलपरासीमा जेठ ५ गतेसम्म सबै बैंक तथा बित्तिय संस्था, निर्माणको काम बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले सूचना जारी गर्दै सबै बन्द गर्न निर्देशन दिएको हो ।

आज (बिहीबार) जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बिहीबार अपरान्ह एक सूचना जारी गर्दे जिल्लामा कोरोना संक्रमित फेला परेको र समुदायस्तरमा फैलन नदिन यस्तो निर्देशन जारी गरिएको बताए ।

यस्तै प्रशासनले कोरोना संक्रमण देखिएको वडालाई सील गरेर उच्च निगरानीमा राखिएको जनाएको छ । जिल्लामा कोरोना संक्रमण देखा परेको हुँदा संक्रमणलाई समुदायस्तरमा फैलिनबाट नियन्त्रण गर्नको लागी संक्रमित फेला परेको स्थातीय तहको सम्बन्धित वडालाई उच्च निगरानीमा राख्दै सील गरी आवगमन ठप्प पार्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । हिजो (बुधबार) नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.५ का एक पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । उनी भारतबाट लुकीछिपी नेपाल आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>