Breaking News

बुटवलमा ठाउँ नभएपछि प्रतापपुरका कोरोना संक्रमित परासीको आईसोलेसनमा

Banner

बिकास अधिकारी

नवलपरासी, जेठ १–

पश्चिम नवलपरासीमा प्रतापुर–५ बैदौलीका कोरोना संक्रमितलाई पृथ्वीचन्द्र अस्पताल परासीको आईसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रतापपुर गाँउपालिकाले स्थापना गरेको क्वारेन्टिनमा रहेका ३६ वर्षीय ती पुरुषलाई परासी ल्याईएको हो । उनीमा कुनै पनि लक्षण नदेखिएको र अवस्था समान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । बुटवलको धागो कारखानमा रहेको कोरोना विशेष अस्पतालमा बेड नभएपछि उनलाई परासीमै आईसोलेसनमा राखिने छ । ‘अब कसरी संक्रमण भयो भन्ने बारे चिकित्सकको टोलीले थप अनुसन्धान गर्नेछ, त्यसपछि नियमित निगरानीमा राखी आवश्यक उपचार गरिन्छ’ ढकालले भने ।

पश्चिम नवलपरासीबाट स्वाब संकलन गरी पठाएका १७३ जना मध्ये ती व्यक्तिमा जिल्लामै पहिलोपटक संक्रमण देखिएको हो । ती व्यक्ति भारतबाट लुकीछिप नेपाल प्रवेश गरेका थिए । घर पुग्न आटेका उनलाई घर पस्न नदिई क्वारेन्टिनमा लगिएको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले नारायणी अनलाइनलाई जानकारी दिए ।

भारतले लकडाउन खुकुलो बनाएपछि नेपालीहरु धमाधम घर फर्कीरहेका छन् । भारतमा अलपत्र परेका मजदुरका लागि रेल र बस सेवा संचालन भएपछि नेपालीहरु नेपाल भारत सिमासम्म निर्वाधरुपमा आईरहेका छन् । स्वाब संकलन गरी पठाएका डेढ सय जनाको रिपोर्ट नेगेटिभ आईसकेको छ । बाँकीको पनि रिपोर्ट आउने क्रम जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>