Breaking News

लुकीछिपी भारतबाट आएका थिए पश्चिम नवलपरासीका कोरोना संक्रमित

Banner

विकास अधिकारी

नवलपरासी, वैशाख ३१–

पश्चिम नवलपरासीका कोरोनास संक्रमित पुरुष भारतबाट लुकीछिपी नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) साँझ पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिका–५ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेको थियो ।

ती पुरुष लकडाउनकै बेला चैत २८ गते भारतबाट नेपाल आएका थिए । उनी समूहमा आएको बुझिएको छ । भारतबाट आउने वित्तिकै उनलाई गाउँपालिकाले नै बनाएको क्वारेन्टिनमा राखिएको थियो । अहिले संक्रमित पुरुषलाई परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । सोमबार संक्रमित पुरुषसहित १७३ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो ।

पछिल्लो समय भारतबाट नवलपरासी प्रवेश गर्नेको क्रम बढि रहेको छ । यसले नवलपरासीमा थप कोरोनाको चुनौति थपिदै गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>