नवलपरासी

नवलपरासीमा पहिलोपटक एक जनामा कोरोना संक्रमण

Banner

नवलपरासी, वैशाख ३१–

नवलपरासीमा पहिलोपटक एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पश्चिम नवलपरासी प्रतापपुरका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । आज साँझ थपिएको २४ जना नयँ संक्रमितमा नवलपरासीका एक व्यक्ति परेका हुन् । उनको बारेमा थप विवरण आउन बाँकी छ ।

यसअघि आजै दिउँसो कपिलवस्तुमा एक र नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ पुगेको छ । हिजो (मंगलबार) एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>