समाचार
भक्तपुरमा एकजना नर्समा कोरोना संक्रमण, संक्रमित नर्सको संख्या २ पुग्यो
०

काठमाडौं, बैशाख ३१-
कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ ।
संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो। मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो।
सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























