स्वास्थ्य

भीम रावलको सुरक्षार्थमा खटिएका सशस्त्र जवानलाई कोरोना संक्रमण

०
Banner

काठमाडौं, वैशाख ३१–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रामेछाप घर भइ भक्तपुरमा बस्दै आएका २७ वर्षीय सशस्त्रका ती जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ती युवाको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको छ ।

हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>