चितवन विशेष
चितवनमा ८२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
०

चितवन, वैशाख ३०–
चितवनमा आज (मंगलबार) परीक्षण गरिएको ८२ जनाको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार लिइएको २७ वटा नमूना र मंगलबार लिईएको ५५ वटा नमूनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनीहरु सबैको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको हो । संघीय सरकारले कीट उपलब्ध गराएपछि अहिले धमाधम पीसीआर विधिबाट कोरोना परीक्षण हुन थालेको छ । चितवनमा हालसम्म दुई जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन् भने एक महिला अझै पनि भरतपुर अस्पतालमा उपचाररत छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























