Breaking News
ट्रम्प अझै पनि मास्कको विपक्षमा, ह्वाइट हाउसमा सबै कर्मचारीलाई अनिवारर्य

काठमाडौँ, वैशाख ३०-
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य भएको छ । ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको हो । तर अनिवार्य मास्क लगाउनु पर्ने यो नियम राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भने होइन ।
सबै कर्मचारीले आफ्नो डेस्कमा बस्दा बाहेक हरेक समय मास्क लगाउनु पर्ने छ । डेस्कमा बस्दा वा अरु बेला पनि कर्मचारीबिच भौतिक दूरी कायम गर्नु पर्ने निर्देशन पनि दिइएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्पका एक सुरक्षा सहयोगी तथा उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीले राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेला मास्क अनिवार्य रुपमा लगाउन निर्देशन दिएको हो ।
राष्ट्रपति ट्रम्पले आश्वयक परेकाले अनिवार्य मास्कको नियम ल्याइएको बताएका छन् । सोमबारको पत्रकार सम्मेलनमा ह्वाइट हाउसको रोज गार्डेमा मास्क बिनै उपस्थित भएका ट्रम्पले आफूले सो नियम पालना गर्नु नपर्ने बताए । आफू सबैसँग पर रहेकाले मास्क लगाउनु नपर्ने उनले दाबी गरेका हुन् ।























