Breaking News

अमेरिकामा कोरोना भाइरसले ८१ हजारको मृत्यु, २ लाख ६० हजार उपचारपछि निको

Banner

काठमाडौं, बैशाख ३०–

कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको छ ।

उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>