स्वास्थ्य

निको भएकालाई पनि धमाधम कोरोना पोजिटिभ देखिदै

Banner

काठमाडौं, वैशाख २४–

कोरोना संक्रमित बिरामी निको भएको खबर आउँदा सबै नेपाली खुशी देखिन्थे । तर तिनै निको भएका बिरामीहरुमा फेरि संक्रमण देखिन थालेपछि चिन्ता थपेको छ ।

नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पुनः पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो । ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्‍यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो । उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यस्तै, काठमाडौंको सनसिटीमा कोभिड–१९ पोजिटिभ देखिएका एक व्यक्तिलाई पाटन अस्पतालले फलोअपका लागि बुधबार बोलाएको छ । अस्पतालले ती व्यक्तिको र्‍यालको नमुना लिएर बुधबार पीसीआर परीक्षण गर्ने भएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि पीसीआर मात्र नभई एन्टिबडीसमेत परीक्षण गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>