Breaking News

नवलपरासीमा भारतबाट लुकिछिपि आउने क्रम अझै रोकिएन

Banner

बिकास अधिकारी

नवलपरासी, वैशाख २३–

पश्चिम नलपरासीमा भारतबाट लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको छ । सिमामा शसस्त्र प्रहरीलाई अस्थाई पोष्ट नै स्थापना गरेर परिचालन गरे पनि खुल्ला सिमानाका कारण लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको हो । पछिल्ला केहिदिन यता भारतबाट लुकिछिपि आएको थाहा भएका र प्रहरीले सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएकाहरुलाई क्वारेन्टिनमा राखिएको छ । जसका कारण क्वारेन्टिनमा रहनेहरुको सङख्या पनि दैनिक रुपमा बढिरहेको छ ।

आज जिल्लाका सात ओटै पालिकामा रहेका क्वारेन्टिनमा ३६ जना महिला र १ सय ६ जना पुरुष गरी १ सय ४२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार यो सङख्या १ सय २९ थियो । एक हप्ता अगाडी जिल्लामा क्वारेन्टिनमा रहनेहरुको सङख्या ९४ मात्रै थियो, त्यसपछि निरन्तर यो सङख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नलपरासीका प्रमुख गौरब ढकालले बताए । बर्दघाटमा रहेका क्वारेन्टिनमा रहेकाहरुलाई घर पठाईएपछि पनि सङख्या घट्नुपर्नेमा वृद्धि भएको छ ।

यसले जिल्लामा कोरोना संक्रमणको खतरा बढाएकाले सबै सचेत हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल रामग्राम नगरपालिकाको आर्दश माविमा रहेको क्वारेन्टिनमा सबै भन्दा बढी ३५ जना छन् भने सुस्ता गाउँपालिकाको दुई ओटा क्वारेन्टिनमा गरी २५ जना छन् । सुस्ताको एउटा क्वारेन्टिन भने खाली छ । यस्तै प्रतापपुरमा २६ जना छन् भने सरावलमा रहेका दुई ओटा क्वारेन्टिनमा गरी २३ जना रहेका छन् । यसैगरी सुनवलमा १९ र पाल्हीनन्दनमा १४ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । मंगलबार बेलाटारीमा र परासीमा रहेको क्वारेन्टिनबाट १२ जनालाई घर फिर्ता पठाईएको छ ।

यसरी भारतबाट लुकिछिपि नेपाल आउने र क्वारेन्टिनमा नपुग्दै कसैको सम्र्पकमा आए संक्रमणको थप जोखिम भएको छ । कतिपयले घर आएकाहरुलाई घरमै लुकाउदा पनि समस्या भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जो सुकै भए पनि संक्रमणबाट बच्नका लागि बाहिरबाट आएकाहरुलाई तुरुन्तै नजिकको क्वारेन्टिनमा पु¥याउन वा सम्बन्धित निकायमा सम्र्पक गर्न आग्रह पनि गरेका छन् ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>