समाचार

चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेको टाइगर इकोलोजी परियोजनाले ल्याएको हात्ती मर्यो

Banner

चितवन, वैशाख २३-

चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेको टाइगर इकोलोजी परियोजनाले ल्याएको हात्ती आज बिहान मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको अन्दाजी ७० वर्षको कृतिकली मरेको हो ।

कोषका प्रमुख रामकुमार अर्यालका अनुसार विसं २०३० मा तराईबाट ल्याएको सो हात्ती उमरे हदकै कारण मरेको देखिएको छ । पछिल्लो समय बिरामी परेको सो हात्ती बिहान मृतावस्थामा भेटिएको हो । हात्तीलाई पशु चिकित्सकद्वारा परीक्षण गरी गाडिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>