विजनेश
ठूला होटल ६ महिना बन्द हुने, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब

काठमाडौं, वैशाख २२–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालका ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।
आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । यस्तै संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय समेत गरेको छ । संघले एउटा कठोर निर्णय समेत गरेको छ । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय समेत गरेको छ ।
लकडाउन खुले पनि त्रासका कारण मानिसहरु अझै केही समय घुम्न निस्कन गाह्रो मान्ने भएकाले होटल व्यवसाय थप संकटमा देखिन्छ ।
























