Breaking News
बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो
०

बाँके, वैशाख २१–
आइतबार दिउँसोसम्मा मात्रै ९ जना संक्रमण देखिएको बाँकेको नेपालगञ्जमा अपरान्ह थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित देखिएकाहरुमा नेपालगञ्ज–८ निवासी १६, २१ र ३४ वर्षीय पुरुष र सोही स्थानका ४०, ५५ र ६० वर्षीया महिला रहेका छन् ।
यससंगै आज मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल संक्रमितको संख्या ७५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















