मौसम

नेपालमा जलवाष्पयुक्त वायु प्रवेश : चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा

Banner

काठमाडौं, बैशाख २०-

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ ।

यसैगरी, हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ । देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ ।

यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू–भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>