अन्तर्राष्ट्रिय

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

Banner

एजेन्सी, बैशाख १९-

रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । उनले भिडियो कल गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

रुसमा एक लाख ६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । एक हजार ७३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए। गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिए। राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको प्रशंशा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>