नवलपरासी

पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट तीन जना घाईते

Banner

बिकास अधिकारी,

नवलपरासी, वैशाख १८–

शसस्त्र प्रहरीको कुटाईबाट पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीन जना घाईते भएका छन् । पाल्हीनन्दनको सिमावर्ती क्षेत्र वडा नम्बर ५ को भगतपुरामा बुधबार साँझ शसस्त्र प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको स्थानीयले दाबी गरेका छन् । लाठी प्रहारबाट स्थानीय दुई बालक र एक वृद्ध घाईते भएका छन् । घाईते हुनेमा १० वर्षीय बालक अखिलेस गौड, १४ वर्षीय मुन्ना गौड र ६५ वर्षीय वृद्ध पूर्णबासी गौड रहेका छन् ।

राति सुत्नका लागी झुल लिन गएको छोरालाई प्रहरीले मोबाईल खोसेर एक्कासी कुटपिट गरेको अखिलेसका बाबु सुरेन्द्र गौडले बताए । ‘छोरालाई राति सुत्नका लागी अर्को घरमा झुल लिन पठाएको थिए, त्यहि बेला शसस्त्र प्रहरीले मोबाईल समेत खोसेर मणसान्न हुने गरी कुटपिट गरेछन्’ गौडले भने, ‘पछि किन कुटेको भनेर सोध्न जाँदा वृद्ध बुवालाई पनि कुटे ।’ कुटाईबाट एक वृद्ध र १० वर्षीय बालकको हात भाच्चिएको छ भने १४ वर्षीय मुन्नाको टाउको, पिठ्यु, पेट र हातमा चोट लागेको छ । उनिहरुको हाल पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।

यता यस विषयमा बुझ्दा शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरीक्षक भरत खनियाँले भने मदिराको तस्करी भईरहेको पाईएकाले रोक्न खोज्दा गाँउनै प्रहरी माथीजाई लागेपछि प्रतिरक्षा गर्नुपरेको बताएका छन् । अहिले लकडाउनका कारण मदिरा पाउन गाह्रो भएकाले सिमा क्षेत्रमा मदिरा तस्करहरु सलसबलाएको उनको भनाई । उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेको र केही समय पछि धेरै मानिसहरु एकैपटक आएकाले प्रतिरक्षा गरिएको खनियाँले बताए । तर स्थानीयले भने प्रहरीले घर घर पसेर बिना कारण लाठ्ठीचार्ज गरेको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>