अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९३४, ‘चिनियाँ परीक्षण कीट’ प्रयोग नगर्न आदेश

Banner

काठमाडौं, बैशाख १६-

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जनाको निधन भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले राज्य र केन्द्र शासित प्रदेशलाई चीनबाट प्राप्त गरेको तीव्र एन्टिबडी कोभिड -१९ परीक्षण किटहरूको प्रयोगमा रोक लगाएको छ । यो कीटले दिने नतिजामा भिन्नता आएको भन्दै प्रयोगमा रोक लगाइएको हो ।

भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो । तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको बढ्दो घटना रिपोर्ट गर्ने धेरै राज्यहरूमा वितरण गरिएको थियो।

अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या २९ हजार ४३५ पुगेको छ । अहिलेसम्म ६ हजार ८६८ जना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ८ हजार ५९० रहेको छ । यस्तै गुजरातमा ३५ सय ४८ तथा दिल्लीमा ३१ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण र त्यसबाट जोगिनका लागि लागु गरिएको लकडाउनका सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन् । अधिकांश मुख्यमन्त्रीले लकडाउन बढाउने पक्षमा राय दिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>