अन्तर्राष्ट्रिय

कोरोनाले अमेरिकामा १० लाख संक्रमित, ५६ हजारको मृत्यु

Banner

काठमाडौं,बैशाख १६-

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार २३६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>