समाज
निजामती कर्मचारी अस्पताललाई स्वाब संकलन बुथ सहयोग

चितवन, बैशाख १५-
नेपाल राष्ट्रिय कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा निजामती कर्मचारी अस्पताललाई स्वाब संकलन बुथ सहयोग गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) परीक्षणका लागि राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा बुथ सहयोग गरिएको हो ।
सो कार्यक्रममा सामाजिक दूरी कायम गर्दै सडक विभागका महानिर्देशक ई.केशवकुमार शर्मा, आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरि रावल, राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट ई.डा.शंकर ढकाल र निजामर्त कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीले उक्त कार्यको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा सडक विभागका कर्मचारीबाट संकलन गरिएको एक लाख ३६ हजार रुपैयाँ आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको संगठनका अध्यक्ष ज्ञानेन्द्र कलौनीले जानकारी दिनुभयो ।
छ । स्वाब संकलन बुथ निर्माणपछि बाँकी रहेको रकम दुर्गम क्षेत्रमा जोखिममा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा पिपिई लगायतका सामग्री वितरण गर्ने संगठनका उपाध्यक्ष विष्णुप्रसाद खनालले बताउनुभयो ।



























