समाचार
लकडाउनका बेला वाग्मतीमा भेटियो ४८ वर्षीय कालीबहादुरकाे शव
०

ललितपुर, वैशाख १५-
दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेका हुन् ।
मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























